करेन्ट लागेर मुगुमा १० खच्चर मरे
मुगु | असार ९, २०८२
मुगु: विद्युत् सेवा चुहावट हुँदा मुगुको छायानाथ रारा नगरपालिका–११, कुसाटाउमा १० खच्चर मरेका छन् ।
ती खच्चर जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै थिए । त्यही बेला नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको थियो ।
प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार ९असार ८० दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चरधनी छायानाथ रारा–१ का कन्नबहादुर मल्लले गुनासो गरे ।
उनले भने, “पानी परिरहेका बेला सडकछेउमा रहेको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन । एक्कासि १० खच्चर करेन्ट लागेर मरे । मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएको हुनाले सामान्य झड्का मात्र लाग्यो, म बचेँ ।”
उनका अनुसार, एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्छ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरे ।
मल्लका चार, छायानाथ रारा–१० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीनरतीन खच्चर मरेका हुन् ।
गएको शुक्रबार ९असार ६० पनि छायानाथ रारा–१२, कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो ।
विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए ।
केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीबतासका कारण विद्युत् सेवा प्रभावित हुँदा समस्या भएको भन्दै नियमानुसार पाउने क्षतिपूर्तिका निम्ति आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने बताए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

